nmb bank

गृहपृष्ठ क्रिप्टोकरेन्सीका सम्पूर्ण वेबसाइट र एप्लिकेशन प्रतिबन्ध गर्न निर्देशन

क्रिप्टोकरेन्सीका सम्पूर्ण वेबसाइट र एप्लिकेशन प्रतिबन्ध गर्न निर्देशन

क्रिप्टोकरेन्सीका सम्पूर्ण वेबसाइट र एप्लिकेशन प्रतिबन्ध गर्न निर्देशन

नेपालमा क्रिप्टोकरेन्सी (भर्चुअल मुद्रा) अन्तर्गतका बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवा (बेटिङ)जस्ता कुनै पनि वेबसाइटहरू नचल्ने भएका छन् । मंगलबार नेपाल दूरसञ्चार प्राधिकरणले नेपालका इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई पत्र लेख्दै यस्ता कुनै पनि डिजिटल मुद्रा कारोबार गर्ने तथा नेटवर्किङ व्यवसाय गर्ने वेबसाइटहरू तथा एपहरु बन्द गर्न निर्देशन दिएको हो ।

भर्चुअल मुद्रालाई पूर्ण निस्तेज गर्ने गरी मन्त्रिपरिषद्को निर्णय अनुसार यस्ता वेबसाइटहरु, एपहरु बन्द गर्न पत्र आएपछि यस्तो निर्देशन गरिएको प्राधिकरणले जनाएको छ । तत्काल कार्यान्वयनमा जानेगरी यस्ता आर्थिक अपराधसँग सम्बन्धित एप र वेबसाइट प्रयोग, सञ्चालन तथा व्यवस्थापन गर्न नपाउने गरी निषेध, डिसेबल र कालोसूचीमा राख्न निर्देशनसमेत गरिएको प्राधिकरणले जनाएको छ ।

सूचना :

प्रकाशित समय : २२:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु