काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

नेपाल टेलिकमले पहिलोपटक बोनस सेयर दिँदै

8.78K
shares

दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले लाभांश घोषणा गरेको छ । सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले सेयरधनीलाई पहिलोपटक बोनस सेयर प्रस्ताव गरेको छ । १५ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश गरी कुल ४० प्रतिशत  लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीको प्रस्तावित लाभांश अर्थ मन्त्रालयको स्वीकृति र आउँदो १४औँ वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ । कम्पनीले प्रस्तावित लाभांश पारित गर्न चैत २४ गते साधारणसभा बोलाएको छ । कम्पनीले साधारणसभा प्रयोजनका लागि चैत ११ देखि २३ गतेसमम सेयर दाखिला खारेजी (बुक क्लोज) गर्ने निर्णय गरेको छ ।

यस आधारमा चैत १० गतेसम्म कायम सेयरधनीले कम्पनीको लाभांश र साधारणसभामा भाग लिन सक्नेछन् ।