गृहपृष्ठ कमेडी च्याम्पियन निर्देशकले गरे नयाँ रियालिटी सो ‘सुपर डान्स’ घोषणा
कमेडी च्याम्पियन निर्देशकले गरे नयाँ रियालिटी सो ‘सुपर डान्स’ घोषणा
रियालिटी सो 'सुपर डान्स' र 'एडी रिलिज'बीच सम्झौता भएको छ । निर्देशक विशाल भण्डारीले सामाजिक सञ्जालमार्फत सम्झौता गरेको तस्बिर राख्दै उक्त खबरबारे जानकारी दिएका हुन् ।
सामाजिक सञ्जालमा निर्देशक भण्डारी लेखेका छन्-'मताधिकार मात्र होइन तर एक सुपर फ्रेन्चाइज साे हाे ! हामी, टिम थ्री प्रोडक्सन, नेपालको सबैभन्दा ठूलो विज्ञापन एजेन्सी, मेगा डान्स रियालिटी सो, सुपर डान्सरको लागि एडी रिलिजसँग फेरि हाम्रो साझेदारी घोषणा गर्न पाउँदा गर्व गर्छौं । सो कान्तिपुर टेलिभिजनमार्फत प्रसारण हुने छ ।
प्रकाशित समय : १६:३० बजे

















