गृहपृष्ठ किनबेच गर्न पाएनन् लगानीकर्ताले सेयर
किनबेच गर्न पाएनन् लगानीकर्ताले सेयर
सोमबार दिनभएर लगानीकर्ताहरुले सेयर किनबेच गर्न पाएनन् । धितोपत्र ब्रोकरहरूको तथ्यांक राख्ने प्रणाली ‘डाटा सेन्टर’मा समस्या आएपछि सोमबार निर्धारित कारोबार अवधिभर लगानीकर्ताले सेयर किनबेच गर्न नपाएका हुन् ।
समस्या समाधान गर्न लामो समय लाग्ने भएपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सूचना निकालेर सोमबारका लागि कारोबार पूर्ण रूपमा बन्द भएको जनाएको थियाे । ३२ वटा ब्रोकरको डाटा सेन्टरमा समस्या आएपछि दिउँसो १२:५३ बजेदेखि समस्या देखिएको थियो । हार्डवेयर र सफ्टवेयर दुवैमा समस्या आएकाले बनाउन ९/१० घण्टा लाग्ने भन्दै काराेबार बन्द गरिएको हो ।
ब्रोकरहरूले छुट्टा-छुट्टै डाटा सेन्टर नराख्दा यस्तो समस्या आएको नेप्सेले जनाएको छ । समस्या समाधान भइसकेकाले मंगलबारदेखि नियमित रूपमा कारोबार हुने विश्वास गरिएको स्टक ब्रोकर एसोसिएसनले दाबी गरेको छ ।
प्रकाशित समय : १६:२४ बजे

















