साउदीका विदेशमन्त्री काठमाडौंमा, कोसँग हुँदैछ भेटवार्ता ?
वि.सं.२०७८ चैत १ मंगलवार १६:४७
shares

नेपालको औपचारिक भ्रमणका लागि सोमबार साँझ काठमाडौं आइपुगेका साउदी अरबका विदेशमन्त्री फैजल बिन फरहान बिन साउदले आज (मंगलबार) उच्चस्तरीय भेटवार्ता गर्दैछन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार सुरुमा उनले अहिले बिहान १० बजे परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता तय थियाे ।
सोही क्रममा परराष्ट्र मन्त्रालयमा नेपाल र साउदीबीच जेनरल कोअपरेसन एग्रिमेन्ट (जीएसए)मा हस्ताक्षर हुँदैछ ।
यसपछि साउदी विदेशमन्त्री फैजलले बिहान ११ देखि ११:३० सम्म प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नेछन्। त्यसपछि बिहान ११:४५ देखि दिउँसो १२:१५ सम्म राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने तालिका रहेको परराष्ट्र स्रोतले जनाएको छ।
भेटवार्तापछि उनी आजै दिउँसो ३:१५ बजे बंगलादेश प्रस्थान गर्ने कार्यक्रम छ।

























