काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

धनुषामा गोली चल्यो, एक युवक घाइते

10.37K
shares

अकास्मात गोली प्रहारबाट हुँदा धनुषामा एक युवक घाइते भएका छन् । जनकपुरधाम उप महानगरपालिका-१९ मा गएराति गोली चल्दा १८ वर्षीय मुकेश मुखिया घाइते भएका हुन् ।

कमला नगरपालिका-८ घर भएका मुकेश जनकपुरधाम-१९ शिबपुरस्थित मामाको घरमा बस्दै आएका थिए । उनका मामा भोगी मुखियाले सञ्चालन गरेको किराना पसलमा ५/६ जनाको समूह बसेर कुराकानी गरिरहँदा एक्कासी उनीमाथि गोली प्रहार भएको धनुषा प्रहरीले जनाएको छ ।

चिउँडोमा लागेको गोली घाँटीमा गएर अड्किएको छ । उनीमाथि गोली प्रहार गर्नेको पेस्तोल बरामद गरिएको र व्यक्तिको पहिचान पनि भइसकेको प्रहरीले जनाएको छ ।