काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

इमर्जिङ नेपालको सेयर आजदेखि नेप्सेमा कारोबार खुल्दै

10.42K
shares

इमर्जिङ नेपाल लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपीओ)को आजदेखि नेप्सेमा कारोबार खुला हुँदैछ । कम्पनीको सेयर फागुन २० गते शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको थियो ।

कम्पनीले जारी गरेको चुक्ता पूँजीको दश प्रतिशतहुन आउने ५ लाख ५५ हजार ६०० कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आइपीओ) सहित कुल ५५ लाख ५६ हजार कित्ता सेयर सूचीकृत भएको हो ।

शुक्रबार सूचीकृत भएको कम्पनीको सेयर आइतबारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि योग्य भएको हो । कम्पनीको धितोपत्र दोस्रो बजारमा कारोबारका लागि इएनएल कारोबार सकेत (सिम्बोल) दिइएको छ । अबदेखि कम्पनीको सेयर आइतबारदेखि यहि कारोबार संकेतमा कारोबारमा खुल्नेछ ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता न्युनतम १०५.११ रूपैयाँदेखि अधिकतम ३१५.३३ रुपैयाँसम्म ओपनिङ रेञ्ज तोकेको छ ।

नेप्से कुनैपनि कम्पनीको दोस्रो बजारमा कारोबारका लागि सो कम्पनीको पछिल्लो परिष्कृत वित्तीय विवरणमा कायम भएको प्रतिसेयर नेटवर्थलाई न्यूनतम आधार मानी त्यसको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गरेको छ ।

कम्पनीले माघ २६ गतेदेखि फागुन १ गते, आइतबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।

जारी सेयरमध्ये चुक्ता पूँजीको २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता म्युचुअल फण्डका लागि सुरक्षित गरी बाँकी रहेको ५ लाख १६ हजार ७०८ कित्ताका लागि सर्वसाधारणहरूबाट आवेदन मागिएको थियो ।

अन्तिम दिनसम्ममा कम्पनीको सेयरमा २३ लाख २८ हजार ७०६ जनाले आवेदन दिएकोमा २ हजार ५५२ वटा आवेदन रद्द भएको थियो भने मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम गोलाप्रथाद्वारा बाँडफाँड गरिएको थियो ।