गृहपृष्ठ चीनले सैन्य बजेट ७.१ प्रतिशत बढाउने
चीनले सैन्य बजेट ७.१ प्रतिशत बढाउने
चीनले शनिबार सार्वजनिक गरेको बजेट प्रस्तावको मस्यौदामा सन् २०२२ मा ७.१ प्रतिशतले बढाएर २२९.५ अर्ब अमेरिकी डलर पुर्याउने भएको छ । चीनको विधायिकाको सर्वोच्च निकायले वार्षिक अधिवेशनको उद्घाटनमा बजेटको मस्यौदा जारी गरेको हो ।
राष्ट्रिय रक्षा खर्चमा २२९.५ अर्ब अमेरिकी डलर छुट्याइएको हो । यो अघिल्लो वर्षको तुलनामा ७.१ प्रतिशतको वृद्धि हो । एक अर्को सरकारी प्रतिवेदनमा जानकारी गराइएअनुसार सन् २०२२ मा चीनले सैन्य शिक्षा र युद्ध प्रशिक्षण बढाउने बताएको छ ।
संयुक्त राज्य अमेरिकापछि चीनको विश्वकै दोस्रो सबैभन्दा उच्च सैन्य बजेट छ र यसले आफ्नो किनाराभन्दा बाहिर शक्ति विस्तार गर्न लामो दूरीका हतियार, सफल आणविक क्षेप्यास्त्र तथा अन्य हतियारहरूमा लगानी गरिरहेको अमेरिकी समाचार संस्था वाशिङटन पोस्टले बताएको छ । सन् २०२१ को मार्चमा चीनले २०९ अर्ब अमेरिकी डलर रक्षा बजेट घोषणा गरेको थियो ।
यो अघिल्लो वर्षको तुलनामा ६.८ प्रतिशतले वृद्धि हो । यो सन् २०२० मा भएको ६.६ प्रतिशत वृद्धिभन्दा बढी थियो ।
प्रकाशित समय : २३:५० बजे


















