गृहपृष्ठ पछिल्लाे २४ घण्टाभित्र कोरोना संक्रमितको संख्या सयभन्दा कम, शुन्य मृत्यु
पछिल्लाे २४ घण्टाभित्र कोरोना संक्रमितको संख्या सयभन्दा कम, शुन्य मृत्यु
गत २४ घण्टामा कोरोना भाइरस संक्रमितको संख्या सयभन्दा कम देखिएको छ । ६ हजार २२० जनाको परीक्षणमा ९१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
मन्त्रालयका अनुसार २ हजार ६६२ पीसीआर परीक्षणमा ६७ जना र ३ हजार ५५८ एन्टिजेन विधिबाट गरिएको जाँचमा २४ जना संक्रमित फेला परेका हुन् । २४ घण्टामा ३६३ जना काेराेनामुक्त भएका छन् । नेपालमा हालसम्म कुल संक्रमितमध्ये ९ लाख ५८ हजार ५५५ जना संक्रमणमुक्त भइसकेका छन् । हाल निको हुने दर ९८.१ प्रतिशत पुगेको छ ।
साे अवधिका मृत्यु शून्य रहेको छ । शनिबारसम्ममा सक्रिय संक्रमितको संख्या ६ हजार ९४७ मा झरेको मन्त्रालयकाे तथ्यांकमा उल्लेख छ । २४ घण्टामा २ लाख ८६१ जनाले खोप लगाएका छन् । हालसम्म नेपालमा ३ करोड ७६ लाख ८२ हजार ८९० मात्रा खोप लगाइसकिएको मन्त्रालयले जनाएकाे छ ।
प्रकाशित समय : २३:२४ बजे


















