गृहपृष्ठ शिक्षा प्रणालीलाई समयअनुकूल परिवर्तनमा जोड
शिक्षा प्रणालीलाई समयअनुकूल परिवर्तनमा जोड
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले शिक्षा प्रणालीलाई समयअनुकूल परिवर्तन गर्नुपर्ने बताएको छन् ।
काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (कुसोम) मा आज आयोजित १५औँ संस्करणको कुसोम रोजगारी तथा इन्टर्नसिप मेलाको उद्घाटन समारोहमा उनले सो कुरा बताएको हुन् ।
अध्यक्ष अग्रवालले शैक्षिक संस्था र उद्योग एवं व्यवसाय क्षेत्र बीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । उनले एआईलाई अनुसन्धान, उत्पादकत्व वृद्धि, सिर्जनशीलता, विश्लेषण र नवप्रवर्तनको उपकरणका रूपमा प्रयोग गर्नुपर्ने राय व्यक्त गरे ।
प्रकाशित समय : १७:३६ बजे


















