गृहपृष्ठ नाइमामा म्याक्ससका ४४ वटा पिकअप बुकिङ, भदौ १५ सम्म अफर

नाइमामा म्याक्ससका ४४ वटा पिकअप बुकिङ, भदौ १५ सम्म अफर

नाइमामा म्याक्ससका ४४ वटा पिकअप बुकिङ, भदौ १५ सम्म अफर

काठमाडौं ।  हिमालय अर्गनाइजेसनअन्तर्गत हिमालय मोटरोक्स प्रालिले नाइमा मोबिलिटी एक्सपोमा म्याक्सस ईटेरेन पिकअपका ४४ वटा बुकिङ भएको जनाएको छ । बुकिङमध्ये कम्फर्ट भर्सन ३६ वटा र प्रिमियम भर्सन ८ वटा छन् ।

कम्पनीले तीन साताअघि सार्वजनिक गरेको ईटेरेन कम्फर्ट भर्सनको मूल्य ८८ लाख रुपैयाँ तोकेको थियो । नाइमा मोबिलिटी एक्सपोको अवसरमा यसमा २ लाख रुपैयाँ छुट दिइएको थियो । त्यस्तै, १ करोड २८ लाख रुपैयाँ मूल्यको प्रिमियम भर्सनमा ५ लाख रुपैयाँ छुटको व्यवस्था गरिएको थियो ।

एक्सपो अवधिका लागि मात्रै घोषणा गरिएको छुट ग्राहकको आग्रहपछि भदौ १५ गतेसम्म कायम राखिएको कम्पनीले जनाएको छ । अफरमा सहभागी हुन चाहने ग्राहकले हात्तीसारस्थित म्याक्ससको सोरुममा पुगेर बुकिङ गर्न सक्नेछन् ।

‘परिवार र व्यवसायका लागि एउटै सवारी’ नारासहित बिक्री हुँदै आएको म्याक्सस पिकअप छोटो समयमै नेपाली बजारमा लोकप्रिय बन्दै गएको कम्पनीको दाबी छ । विशेषगरी कच्ची सडकमा यात्रा गर्ने, क्याम्पिङमा रुचि राख्ने तथा व्यावसायिक प्रयोजनका ग्राहकले यो सवारी रुचाएको कम्पनीले जनाएको छ ।

उच्च ग्राउन्ड क्लियरेन्स र सुविधायुक्त डिजाइनका कारण निर्माण तथा जलविद्युत् क्षेत्रमा समेत यसको प्रयोग बढ्न सक्ने कम्पनीको भनाइ छ । चीनको SAIC अन्तर्गतको Maxus कम्पनीले उत्पादन गरेको यो विद्युतीय पिकअपमा बिक्रीपछिको सेवा तथा स्पेयर पार्ट्स सहज रूपमा उपलब्ध गराइने हिमालय मोटरोक्सले जनाएको छ ।

प्रकाशित समय : ०७:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु