गृहपृष्ठ ‘एमसीसीबारेको व्याख्याले जनतामा फैलाइएको भ्रम हटेको छ’
‘एमसीसीबारेको व्याख्याले जनतामा फैलाइएको भ्रम हटेको छ’
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले निर्णय गरेर संसद्ले व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गरेकोलाई 'औचित्य छैन' भन्नु संसद्को अवमूल्यन भएको बताएका छन् ।
विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले हाम्रो आफ्नाे सन्धि, ऐन र अन्तर्राष्ट्रिय कानुनले पनि व्याख्या गर्ने अधिकार हामीमा सुरक्षित गरेको प्रष्ट पारे । महामन्त्री थापाले व्याख्यामा केही नयाँ नभएको बताउँदै सन्धि सम्झौतामा जे छ त्यही बुझाइलाई स्पष्ट मात्र पारिएको बताए ।
एमसीसी सम्झौता व्याख्याका सम्बन्धमा कांग्रेस स्पष्ट रहेको उल्लेख गर्दै उनले अन्य राजनीतिक पार्टीलाई थप स्पष्ट बनाउनका लागि र संसदबाट सहज रुपमा परित गर्न यो आवश्यक भएको हुँदा आफूले यसलाई सकारात्मक रुपमा लिएको धारणा राखे । महामन्त्री थापाले आगामी दुई/चार महिनापछि जनतामा सो सम्बन्धमा रहेको भ्रम हट्दै जाने बताए । 'सम्झौताको विरुद्धमा भ्रम फैलाई हल्ला गर्नेलार्ई आगामी पाँच/सात वर्षसम्म यस सम्बन्धमा प्रश्न सोधिरहनुपर्ने अन्यथा पुन: अन्य कुनै यस्तै प्रकारका विषयमा हल्ला एवं भ्रम फैलाइरहने छन्,' उनले भने ।
प्रकाशित समय : २३:०२ बजे


















