गृहपृष्ठ स्वतन्त्र, निष्पक्ष र विश्वासनीय निर्वाचन गराउने प्रमुख आयुक्त कार्कीको भनाइ

स्वतन्त्र, निष्पक्ष र विश्वासनीय निर्वाचन गराउने प्रमुख आयुक्त कार्कीको भनाइ

स्वतन्त्र, निष्पक्ष र विश्वासनीय निर्वाचन गराउने प्रमुख आयुक्त कार्कीको भनाइ

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वासनीय निर्वाचन सम्पन्न गर्ने आयोगको जिम्मेवारीलाई समय सापेक्ष रूपमा थप सुदृढ गरी पूरा गरिने बताएको छन् ।

आयोगको कार्यालयमा आज पूर्वप्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूसँगको छलफलका क्रममा उनले वर्तमान नेतृत्व सबै पूर्वपदाधिकारीसँग सल्लाह लिएर जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाएको हुन् ।

निर्वाचन आयुक्त सगुनशम्शेर जबराले निर्वाचन व्यवस्थापनमा आयोगले गरेका नवीनतम् कामहरुका बारेमा पूर्व प्रमुख आयुक्त र आयुक्तहरूलाई जानकारी गराएको थिए ।

छलफलमा निर्वाचन व्यवस्थापनका कानुनी, प्रविधिगत, व्यवस्थापकीय सुधारलगायत विविध विषयमा छलफल भई समसामयिक सुधारका लागि पृष्ठपोषण प्राप्त भएको आयोगका निमित्त सचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । छलफलमा पूर्वप्रमुख आयुक्त, आयुक्त र वर्तमान आयुक्तहरुको सहभागिता थियो ।

 

प्रकाशित समय : १८:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु