गृहपृष्ठ जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि

जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि

जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि

काठमाडौं । जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि गरिएको छ ।

मंगलबार अन्त्येष्टिअघि श्रेष्ठको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि विजेश्वरीस्थित नेपाल भाषा मंका खलःको प्राङ्गणमा राखिएको थियो। त्यसपछि पार्थिव शरीरको नगर परिक्रमा गराउँदै शोभा भगवतीस्थित कर्णदीप लगेर अन्त्येष्टि गरिएको हो।

गृहमन्त्री सुधन गुरुङ, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठ र काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले राष्ट्रिय झण्डा ओढाएर श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

नेपाल भाषा परिषद्ले दुई दशकअघि ‘जनकवि’ उपाधिबाट सम्मानित श्रेष्ठ पछिल्ला छ दशकदेखि निरन्तर साहित्य सिर्जनामा सक्रिय थिए । नेपाल भाषासँगै नेपाली भाषामा पनि कविता, गीतलगायत साहित्यका विभिन्न विधामा योगदान दिएका उनका ‘सय थरी बाजा एउटै ताल’ र ‘फूलको आँखामा फूलै संसार’ जस्ता गीत चर्चित छन् ।

९३ वर्षीय श्रेष्ठको आइतबार राति बुढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको थियो ।

प्रकाशित समय : १८:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु