गृहपृष्ठ आन्तरिक हवाइ उडानको भाडादरमा वृद्धि (सूचीसहित)
आन्तरिक हवाइ उडानको भाडादरमा वृद्धि (सूचीसहित)
पेट्राेलियम पदार्थकाे मूल्य बढेसँगै आन्तरिक हवाई उडानकाे भाडादरमा पनि ५४० रुपैयाँसम्म वृद्धि भएको छ । निजी क्षेत्रका सबै एयरलाइन्सहरुले आइतबारदेखि लागू हुनेगरी आन्तरिक उडानको भाडादर बढाएका हुन् ।
एयरलाइन्स अपरेटर्स एसोसियसन अफ नेपाल (आयोन)ले हवाइ इन्धनको मूल्य वृद्धिसँगै भाडा बढाएको हो । नेपाल आयल निगमले हवाइ इन्धन प्रतिलिटर १३६ रुपैयाँ पुर्याउँदा १० रुपैयाँ प्रतिलिटर बढेको आयोनले जनाएको छ । निगमले आन्तरिक हवाइ इन्धन ११३ रुपैयाँमा खरीद गरी २३ रुपैयाँ ८ पैसा नाफा राखेर १३६ रुपैयाँ प्रतिलिटरमा विक्री गर्ने गर्छ ।
आयोनले आन्तरिक उडानर्फ कम्तीमा ९० रुपैयाँदेखि बढीमा ५४० रुपैयाँसम्म वृद्धि गरेको छ । सबैभन्दा कम काठमाडौं-सिमरा उडानमा बढेको छ भने बढी विराटनगर-नेपालगञ्ज रुटमा बढेको छ ।
सूची :

प्रकाशित समय : २२:३६ बजे


















