गृहपृष्ठ सरकारी बक्यौता असुली

सरकारी बक्यौता असुली

सरकारी बक्यौता असुली

बागमती । लामो समयदेखि उठ्न नसकेको सरकारी बक्यौता १० करोड असुली भएको छ । हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले विद्युत् लाइन काट्न थालेसँगै उक्त बक्यौता रकम असुली भएको हो ।

औद्योगिक क्षेत्रमा सरकारी जग्गा, भवन र पूर्वाधार प्रयोग गरेर लामो समयदेखि भाडा र महसुल नतिर्ने उद्योगहरूको सङ्ख्या ६० भन्दा बढी रहेको छ । हेटौँडा औद्यागिक क्षेत्रमा कूल १४७ वटा उद्योग छन् । कार्यालयले बक्यौता नबुझाएका ६० भन्दा बढी उद्योगको लाइन काटिदिएको छ ।

अदालतको आदेशअनुसार ११ करोड बक्यौता उठ्नुपर्नेमा १० करोड असुली भएको हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका सूचना अधिकारी हिमालय भण्डारीले जानकारी दिए ।

 

प्रकाशित समय : १८:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु