प्रचण्डसँग मतभेद बढेका बेला नारायणकाजीले गरे विप्लवसँग भेटवार्ता
वि.सं.२०७८ फागुन १८ बुधवार १७:११
shares

नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठ र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ । एमसीसीका कारण पार्टीभित्र गहिरो मतभेद राख्दै आएका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेकपामा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको हो ।
श्रेष्ठलाई भेट्न विप्लव बुधबार बिहान हात्तीवन पुगेका थिए । भेटमा प्रतिनिधि सभाबाट एमसीसी अनुमोदन गर्न माओवादी केन्द्रको नेतृत्वले जबरजस्ती गरेको भन्दै राष्ट्रवादको पक्षमा रहेकाहरु एकजुट हुनुपर्ने विषयमा कुराकानी भएको नेताहरूले बताएका छन् ।
यसअघि मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि श्रेष्ठलाई भेट्न उनको निवास हात्तिवन पुगेका थिए । भेटमा प्रचण्डले एमसीसीमा देखिएको मतभेद कायमै राखेर अरु विषयमा मिलेर जान प्रस्ताव गरेका थिए ।
तर श्रेष्ठले भने आफूहरुले पार्टी विभाजनको बारेमा सोचि नसकेको भए पनि अध्यक्षले नै निस्केर जाने भए जान भनेर सार्वजनिक रुपमै भनेको भन्दै गुनासो गरेका थिए ।
























