‘द सेक्रेट अफ राधा’ले लियो रिलिज डेट
वि.सं.२०७८ फागुन १८ बुधवार १७:०९
shares

चलचित्र ‘द सेक्रेट अफ राधा’को प्रदर्शन मिति तय भएकाे छ । सुवर्ण थापा निर्देशित यो चलचित्र भदौ २४ गतेबाट देशभरका सिनेमा घरमा रिलिज हुने भएको हाे ।
दोस्रो लकडाउनअघि मकवानपुरकाे पालुङ क्षेत्र आसपासमा छायांकन भएको चलचित्रमा सौगात मल्ल, सृष्टि श्रेष्ठ, खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, दयाहाङ राई, निश्चल बस्नेत, दिव्य देव पन्त, पुस्कर गुरुङ लगायतका कलाकारले अभिनय गरेका छन् ।
निर्देशक थापा र सौगातले चलचित्रकाे निर्माण गरेका हुन् ।
























