सुनको प्रतिताेला मूल्य १ लाखनजिक
वि.सं.२०७८ फागुन १८ बुधवार १७:३१
shares

सुनको मूल्य तोलाको एक लाख रुपैयाँनजिक पुगेको छ । बुधबार सुनको मूल्य तोलामा एक हजार ९ सय रुपैयाँले वृद्धि भएर तोलाको ९९ हजार ५ सय रुपैयाँ पुगेको हाे ।
तेजाबी सुन प्रतितोला एक हजार ९ सय रुपैयाँले नै बढेर ९९ हजार प्रतितोला मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । महासंघका अनुसार आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदी प्रतितोला ४० रुपैयाँले बढेर तोलाको एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको हाे ।
























