थप ८ सय ३१ जना संक्रमणमुक्त, तीन जनाको मृत्यु
वि.सं.२०७८ फागुन १० मंगलवार २३:०७
shares

नेपालमा पछिल्लो २४ घण्टामा थप ४७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ९ हजार ४ सय २४ जनाको परीक्षण गर्दा २९९ जनाको पीसीआर र १७७ जनामा एन्टीजेन पुष्टि भएको हो । हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या १० हजार ७सय ४७ रहेको छ ।
त्यस्तै, आज पनि संक्रमित भन्दा संक्रमणमुक्त हुनेको संख्या बढी रहेको छ । पछिल्लो २४ घण्टामा देशभरबाट थप ८ सय ३१ जना संक्रमणमुक्त भएसँगै संक्रमणमुक्त हुनेको संख्या ९ लाख ५३ हजार ४ सय ३० रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हाल नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ११ हजार ९ सय २९ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै कोरोनाको कारण ३ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकले देखाएको छ ।

























