एमसीसी विरुद्धको रिट सर्वाेच्चद्वारा दरपीठ
वि.सं.२०७८ फागुन १० मंगलवार १९:५०
shares

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताविरुद्धको रिट सर्वोच्च अदालतले दरपीठ गरिदिएको छ । अधिवक्ता सुरेन्द्र भण्डारी एमसीसी अगाडि नबढाउनका लागि अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा रिट लिएर पुगेका थिए ।
तर मंगलबार सर्वोच्च अदालत प्रशासनले भण्डारीको रिट दरपीठ गरिदिएको हाे । ‘एमसीसी अन्तर्राष्ट्रिय कानुनअनुसार सम्झौताको श्रेणीमा पर्दैन । यो संसदमा पेश गर्नुपर्ने विषय होइन । नेपालको संविधानको सर्वोच्चता, सार्वभौम सत्तामाथि एमसीसीले प्रहार गरेको छ । त्यसैले यसलाई संसदबाट अनुमोदन गर्न मिल्दैन,’ भण्डारीको रिटमा उल्लेख छ ।
सो दरपीठका विरुद्ध भण्डारी निवेदन लिएर पुनः सर्वोच्च जाने तयारी गरेका छन् ।

























