काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नगरपालिकाकाे भवन बनाउन जग्गा दान

18.25K
shares

आफ्नै बसोबासको नगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि एक महिलाले एक करोडभन्दा बढी मूल्यको जग्गादान गरेकी छन् । भंगाहा नगरपालिका-५ सीतापुर बजारकी फुली साह सुँडीले सो मूल्यको जग्गा दान गरेकी हुन् ।

उनले आइतबार मालपोत कार्यालय बर्दिबासमा पुगेर भंगाहा-५ मै रेल्वे स्टेसन नजिकको १० कठ्ठा १९ धुर जग्गा नगरपालिकाका नाउँमा दर्ता गरिदिएकी हुन् । आफ्नो जग्गा र भवन नहुँदा यसअघि भाडामा लिइएको घरमा सञ्चालन हुँदै आएको कार्यालय केही महिना पहिले नगरप्रमुख सञ्जिवकुमार साहले आफ्नो निजी भवनमा सारेका थिए ।

अहिले जग्गा प्राप्त भएपछि अब आफ्नै प्रशासकीय भवन निर्माण गर्न सकिने प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीले बताए । 'अब जग्गा भयो, नगर कार्यपालिकाको निर्णयअनुसार भवन निर्माण प्रक्रिया अघि बढ्छ', उनले भने ।

नगरप्रमुख साहले प्रशासकीय भवन निर्माणको काम अब थालिने जानकारी दिए । जग्गादाता नगरप्रमुख साहकी आमा हुन् ।