काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

चिलीमा ३५ वर्षीय बोरिक नयाँ राष्ट्रपति बने

14.62K
shares

नेपालमा ५०/५५ बर्षका नेताहरुलाई युवा नेता भनेर सम्बोधन गर्ने परिपाटी छ । अहिले अधिकांश दलका महाधिवेशनबाट ५० आसपासका नेताहरु नेतृत्व तहमा पुग्न थालेपछि पुस्तान्तरण सफल हुन थालेको भनेर खुबै हर्ष मनाउ गरिएको छ । तर चिलीमा वामपन्थी नेता गेब्रियल बोरिक ३५ बर्षकै उमेरमा नयाँ राष्ट्रपति बनेका छन् ।

दक्षिणपन्थी प्रतिद्वन्द्वी जोसे एन्टोनियो कास्टलाई १२ प्रतिशतले मतले पराजित गर्दै ३५ वर्षीय बोरिक राष्ट्रपतिमा निर्वाचित भएका हुन् । अन्तिम मतपरिणाम अनुसार बोरिकले ५६ प्रतिशत मत प्राप्त गर्दा कास्टको पक्षमा ४४ प्रतिशत मात्रै मत परेको थियो । चिलीमा सरकारविरुद्ध भएको आन्दोलनका क्रममा बोरिकले स्थिर अर्थव्यवस्था अवलम्बन गर्ने वाचा गरेका थिए।

जुन एजेन्डाले बोरिकलाई राष्ट्रपतिको कुर्सीमा पुर्‍याएको छ ।