कांग्रेसको खुला महिला केन्द्रीय सदस्यको मतगणना सुरु
वि.सं.२०७८ पुस ५ सोमवार १५:५०
shares

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा महिलातर्फ खुला केन्द्रीय सदस्यको मतगणना सुरु भएको छ । पार्टी कार्यालय सानेपामा गए राति साढे १० बजे स्थगित गरिएको मतगणना आज बिहान साढे ९ बजेदेखि पुन: सुरु गरिएको हो। पुरुषतर्फ खुला केन्द्रीय सदस्यको मतगणना सकिएलगत्तै हिजै साँझदेखि खुला महिला केन्द्रीय सदस्यको मतगणना थालिएको थियो ।
मधेसी महिला र पुरुषको चार सय मतगणना हुँदा खुला महिलातर्फ ५ सय मत गनिएको निर्वाचन समितिले जनाएकाे छ । खुला महिला केन्द्रीय सदस्यमा ९ जनाका लागि ३० जनाको प्रतिस्पर्धा छ ।

























