काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेपालको उपाधि जित्ने लक्ष्य भारतले रोकिदियो

10.33K
shares

साफ यू-१९ महिला च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यसहित बंगलादेश पुगेको नेपाली यू-१९ महिला फुटबल टिम फाइनल समेत पुग्न असफल भएको छ । पाँच राष्ट्र सहभागी च्याम्पियनसिपमा नेपाल राउण्ड रोबिन लिगको खेल सकिएपछि तेस्रो हुँदै बाहिरियो ।

आइतबार भएको आफ्नो खेलमा भारतसँग १-० ले पराजित भएपछि नेपाल फाइनल समेत पुग्न सकेन । योसँगै शिर्ष स्थानमा रहेको नेपाललाई उपाधी जित्नबाट भारतले रोकिदिएको छ भने भारतसँगको खेल नै अन्तिम बन्न पुगेकाे छ । पहिलो खेलमै बंगलादेशसँग गोलरहित बराबरी खेलेपछि नेपाललाई फाइनल पुग्न बाँकी तीन खेल जित्नैपर्ने दबाब थियो । श्रीलंका र भुटानविरुद्ध क्लिनसिट राख्दै सहज जित निकालेको नेपालका लागि भारतसँगको एक गोल अन्तरको हार नै महँगो बन्यो ।

बराबरी मात्र खेले पनि नेपाललाई फाइनल पुग्न पर्याप्त थियो । तर दोस्रो हाफमा प्रियंका देवीले गरेको गोल नै भारतलाई फाइनल पुर्‍याउन निर्णायक सावित बन्यो । यसअघिको खेलमा बंगलादेशसँग पराजित भएको भारतलाई फाइनल पुग्न नेपालविरुद्ध खेल जित्नैपर्ने थियो । नेपालले भने हार टारे पुग्ने थियो । तर भारत नेपाललाई हराउँदै फाइनल पुग्न सफल भयो ।