काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सर्वदलीय बैठक जारी, एमाले अनुपस्थित

11.07K
shares

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक जारी छ । तर, बैठकमा संसद्को ठूलो दल प्रमुख प्रतिपक्षी नेकपा एमाले भने सभागी भएको छैन । प्रधानमन्त्रीले बोलाएका सर्वदलीय बैठकमा एमाले यसअघि पनि अनुपस्थित रहँदै आएको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका सर्वमान्य नेता झलनाथ खनाल, जनता समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराई, लोकतान्त्रिक समाजवादी अध्यक्ष महन्थ ठाकुर, जसपा अध्यक्ष उपेन्द्र यादव, माओवादी नेता नारायणकाजी श्रेष्ठ, मजदुर किसान पार्टीका सांसद प्रेम सुवालसहित सहभागी छन् ।

एकीकृत समाजवादी पनि बैठकमा सहभागी हुने भएपछि एमाले सहभागी नभएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीलगायत संसद्‌मा देखिएको गतिरोध अन्त्य गर्ने विषयमा सर्वदलीय बैठक बोलाएका हुन् । सर्वदलीय बैठकअघि बालुवाटारमै सत्ता गठबन्धनको बैठक बसेको थियो ।