साफ यू-१९ महिला च्याम्पियनसिपमा भारतसँगै भिड्दै नेपाल, बराबरी हुँदा पनि फाइनलमा पुगिने
वि.सं.२०७८ पुस ४ आइतवार १६:१५
shares

बंगलादेशमा जारी साफ यू-१९ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत आफ्नो अन्तिम लिगमा नेपाल आज भारतसँग भिड्दै छ। ढाकास्थित शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा यस खेल नेपाली समय अनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ ।
पाँच टिम सहभागी च्याम्पियनसिपमा शीर्ष दुईमा रहेर फाइनल पुग्न नेपाललाई भारतविरुद्ध बराबरी नै पर्याप्त छ । भारत भने नेपाललाई हराएर फाइनल पुग्ने लक्ष्यमा छ । भारत फाइनलमा पुग्न नेपाललाई हराउनैपर्छ।
नेपाल ३ खेलबाट ७ अंक जोडेर शीर्ष स्थानमा छ। समान अंक भए पनि गोलअन्तरमा पछि रहेको बंगलादेश दोस्रो स्थानमा छ। भारत भने २ खेलमा जित र १ खेलमा हारबाट ६ अंकसहित तेस्रो स्थानमा छ।

























