काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

फिलिपिन्स आँधी : मृत्यु हुनेको संख्या ७५ पुग्यो

19.17K
shares

फिलिपिन्समा आएको विध्वंसकारी आँधीमा परि मृत्यु हुनेको संख्या ७५ पुगेको छ । आँधीमा धेरै जना हराइरहेकोले मृतकको संख्या बढ्न सक्ने अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । टाइफुन राई नामक आँधीले मध्य तथा दक्षिणपूर्वी टापुहरुमा ठूलो क्षति पुर्‍याएको बीबीसीले जनाएको छ ।

१ सय ९५ किलोमिटर प्रतिघण्टाको गतिमा आएको आँधीले रुखहरु भाँचिनुका साथै थुप्रै भौतिक संरचनामा क्षति पुर्‍याएको छ । विद्युत आपुर्ती बन्द हुँदा करिब ३० लाख मानिस मारमा परेका छन् । घटनास्थलमा खोज तथा उद्दारका लागि १८ हजार सुरक्षाकर्मी र आपतकालिन कर्मचारीहरु परिचालन गरिएको त्यहाँको सकारले जनाएको छ ।

सियारगाओ र सुरिगाओ क्षेत्रमा सञ्चार बन्द हुँदा उद्वारमा कठिनाइ भएको बताइएको छ ।