काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

दुई समूहबीच छुरा हानाहान, एक युवकको ज्यान गयो

10.94K
shares

सिरहाको गोलबजार नगरपालिका-६ मा दुई समूहबीच ​भएको छुरा हानाहानमा एक युवकको ज्यान गएकाे छ । प्रहरीकाअनुसार छुरा प्रहारबाट घाइते गोलबजार नगरपालिका-६ डोहटियाका २६ वर्षीय रामकुमार सदालाई उपचारका लागि धनगढीमाई नगरपालिका-९ मा रहेको आरके मेरिसीटी अस्पताल पुर्‍याए लगत्तै उनको मृत्यु भएको हो ।

छुरा प्रहारबाट अर्का एक युवक पनि घाइते भएका छन् । घाइते सोही ठाउँका १९ वर्षीय निकेश सदाको आरके मेरिसीटी अस्पतालमा उपचार भईरहेको छ । प्रहरीले दुई समूहबीच ​ झडप भएको र घाइते भएको जनाए पनि घटनाबारे थप अनुसन्धान भइरहेको छ । प्रहरीले घटनामा संलग्नहरुको खोजी गरिरहेको छ ।