काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एमालेले भन्यो, ‘माधव नेपाल सहभागी कुनै बैठकमा जाँदैनौँ’

10.96K
shares

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा नजाने सन्देश दिएको छ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल सहभागी कुनै बैठकमा नजाने भन्दै सर्वदलीय बैठकमा नजाने सन्देश दिएको हो ।

एमाले महासचिव शंकर पोखरेलले भनेका छन्, ‘एमालेले मान्यता नदिएका दलहरू उपस्थित हुने बैठकमा हामी सहभागी हुँदैनौँ। सर्वदलीय बैठकमा को-को उपस्थित हुन्छन् भन्ने कुराले हामी उपस्थित हुने र नहुने भन्ने भर पर्छ । हामीले मान्यता नदिएकाहरूलाई बोलाए त हामी कसरी उपस्थित हुने ।’

सरकारले एमसीसीबारे साझा धारणा बनाउन  र संसद्को गतिरोध अन्त्यको प्रयास थाल्दै सर्वदलिय बैठक आह्वान गरेको हो । एमालेको अवरोधका कारण संसदसमेत चल्न सकेको छैन ।

प्रधानमन्त्री देउवाकाे आह्वानमा आज अपरान्ह चार बजे वालुवाटारमा सर्वदलीय बैठक बस्दैछ ।