चिकित्सा शिक्षा स्नातक तहको परीक्षा फाराम पुष १४ देखि भर्न पाइने
वि.सं.२०७८ पुस ३ शनिवार १३:४१
shares

चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहका शैक्षिक कार्यक्रमहरुमा भर्नाका लागि लिने गरि एकीकृत प्रवेश परीक्षाको अनलाईन आवेदन पुष १४ गतेदेखि खोल्ने भएको छ ।
आयोगले यो शैक्षिक सत्रका लागि सम्पूर्ण विश्वविद्यालय, प्रतिष्ठान अन्तर्गतका शिक्षण संस्थाहरुद्वारा सञ्चालन हुने चिकित्सा शिक्षा स्नातक तह अन्तर्गतका विभिन्न शैक्षिक कार्यक्रमहरुमा विद्यार्थी भर्नाको लागि प्रवेश परीक्षा लिने भएकाे हाे । यसका लागि पुष १४ गते बिहान १० बजेदेखि माघ २० गते अपरान्ह ५ बजेसम्म अनलाईन आवेदन भर्न सूचना जारी गरेको छ ।
एमबीबीएस, बीडीएस, बीएससी नर्सिङ, बीएएसएलपी, बी पफर्युजन टेक्नोलोजी पहिलो दिन, बीएमएस, बीएनएस, बीएससी एमआईटी, बी फार्मा, बी एप्टोमेट्री, बीपीटी दोस्रो दिन, बीपीएच तेस्रो दिन परीक्षा हुनेछ । पहिलो दिन सञ्चालन हुने सबै शैक्षिक कार्यक्रमहरुका लागि लिईने परीक्षाको प्रश्नपत्र एउटै हुनेछ । दोस्रो दिनको शैक्षिक कार्यक्रमहरुका लागि लिईने परीक्षा छुट्टाछुट्टै प्रश्नपत्रबाट एउटै समयमा सञ्चालन हुने उल्लेख गरेको छ । सबै शैक्षिक कार्यक्रमको पुर्णाङक २ सय र परीक्षा समयावधि तीन घण्टाको हुनेछ ।
एउटै विद्यार्थीले विभिन्न विषयमा आवेदन दिन चाहेमा परीक्षा नजुध्ने विषयहरुमा आवेदन दिन आयोगले भनेको छ । नेपाली आवेदकको लागि ४ हजार र विदेशी आवेदकको लागि ८ हजार आवेदन शुल्क तोकेको छ ।

























