काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

कर फिर्ताकाे दाबी गर्ने बढे, ७ वर्षको अन्तरालमा ३४ अर्ब कर फिर्ता

12.03K
shares

विगत ७ बर्षकै अवधिमा सरकारले ३४ अर्ब रुपैयाँ कर फिर्ता गरेको पाइएको छ । आन्तरिक राजस्व विभागका अनुसार २०७१/७२ देखि २०७७/७८ सम्ममा करीब ५७ अर्ब ४९ करोड रुपैयाँको कर फिर्ताका लागि दाबी गरिए पनि ३३ अर्ब ६९ करोड रुपैयाँ फिर्ता गर्नका लागि स्वीकृति दिइएको छ ।

विभागका अनुसार पछिल्ला वर्षहरूमा कर फिर्ताका लागि दाबी गर्नेहरू बढेका छन् । गत आर्थिक वर्ष २०७७/७८ को मात्रै तथ्यांक हेर्ने हो भने सो वर्षमा १९ अर्ब २४ करोड बराबरको कर फिर्ताका लागि १ हजार ५१८ दाबी परेका छन् । जसमध्ये १ हजार १२४ वटा दाबीको ३ अर्ब ९५ करोड मात्रै फिर्ताका लागि विभागले स्वीकृति दिएको छ ।

बाँकी करीब १५ अर्ब २९ करोड रुपैयाँ कर फिर्ता दाबी भने विभागले स्वीकृत गरेको छैन ।