राप्रपा महाधिवेशन : लिङ्देन फराकिलो मतले अगाडी, थापा पछि परे
वि.सं.२०७८ मंसिर १९ आइतवार १२:३२
shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्वका लागि भएको मतदानमा अध्यक्षका प्रत्यासी राजेन्द्र लिङ्देनले फराकिलो अग्रता बनाएका छन् । सुरुमै अग्रता लिएका लिङ्देनले करिब ३ हजार मत गणना सकिँदा १३७१ मतसहित अग्रता कायम राखेका छन्।
अध्यक्षका अर्का प्रत्यासी कमल थापाले १२५४ मत पाएका छन्। हालसम्म २९६४ मत गनिसक्दा ३३९ मत बदर भएको निर्वाचन समितिले जानकारी दिएको छ। निर्वाचन समितिले जनाएका अनुसार कागजी मतपत्रबाट मतदान भएको अध्यक्ष पदका लागि मतगणना प्रक्रिया बिहान ३ बजेबाट सुरू भएको हो।
राप्रपामा चार उपाध्यक्ष र तीन महामन्त्रीसहित १४८ जना केन्द्रीय सदस्यका लागि निर्वाचन भएको हो। अध्यक्षको मत परिणाम आएपछि मात्र अन्य नतिजा सार्वजनिक गरिने छ ।
























