काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

लक्ष्मी सनराइज क्यापिटलले ५ करोड ३८ लाख नगद लाभांश बाँड्ने

672
shares

ai logo सारांश

  • लक्ष्मी सनराइज क्यापिटलले बन्दमुखी र खुलामुखी गरी सातवटा म्युचुअल फन्ड सञ्चालन गर्दै आएको छ।
  • लगानी कोषअन्तर्गत एक अर्ब रुपैयाँ पुँजीको लक्ष्मी सस्टेनेबल इनर्जी फन्ड पनि सञ्चालन गरिरहेको छ।
  • उक्त कोषले दिगो ऊर्जा क्षेत्रका परियोजनामा लगानी गर्दै आएको कम्पनीले जनाएको छ।

काठमाडौं । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले आफ्ना सेयरधनीलाई चुक्ता पुँजीको ११ प्रतिशतका दरले ५ करोड ३८ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। कम्पनीको असोज २९ गते बिहीबार काठमाडौंको हात्तीसारस्थित लक्ष्मी कम्प्लेक्समा सम्पन्न १६औँ वार्षिक साधारणसभाले लाभांश वितरणसम्बन्धी प्रस्ताव पारित गरेको हो।

सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पनि पारित गरेको छ। त्यस्तै, आर्थिक वर्ष २०८३/८४ को लेखापरीक्षणका लागि हाल कायम लेखापरीक्षक एनबीएसएम एन्ड एसोसिएट्सलाई नै निरन्तरता दिने निर्णय गरेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार आर्थिक वर्ष २०८२/८३ को असार मसान्तमा प्रतिसेयर आम्दानी १२.६६ रुपैयाँ रहेको थियो। वितरणयोग्य आम्दानीका आधारमा चुक्ता पुँजीको ११ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सभाबाट पारित भएको हो। घोषित लाभांश रकममा करसमेत समावेश छ।

करिब ७ अर्बका म्युचुअल फन्ड सञ्चालन

लक्ष्मी सनराइज क्यापिटलले बन्दमुखी र खुलामुखी गरी सातवटा म्युचुअल फन्ड सञ्चालन गर्दै आएको छ। कम्पनीका अनुसार छवटा बन्दमुखी योजनाको आकार करिब ६ अर्ब रुपैयाँ र एउटा खुलामुखी योजनासहित कुल म्युचुअल फन्डको आकार करिब ७ अर्ब रुपैयाँ रहेको छ।

कम्पनीले विशिष्टीकृत लगानी कोषअन्तर्गत एक अर्ब रुपैयाँ पुँजीको लक्ष्मी सस्टेनेबल इनर्जी फन्ड पनि सञ्चालन गरिरहेको छ। उक्त कोषले दिगो ऊर्जा क्षेत्रका परियोजनामा लगानी गर्दै आएको कम्पनीले जनाएको छ।

तीन दशकभन्दा बढी समयदेखि नेपालको पुँजी बजारमा सक्रिय कम्पनीले सेयर निष्कासनसम्बन्धी मर्चेन्ट बैंकिङ सेवा र सामूहिक लगानी कोष सञ्चालनमार्फत बजारको विकास तथा संस्थागत सुदृढीकरणमा योगदान पुर्‍याउँदै आएको जनाएको छ।