काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

पश्चिम नेपालमा आज र भोलि वर्षा र हिमपातको सम्भावना

1.01K
shares

ai logo सारांश

  • पश्चिम नेपालका विभिन्न भूभागमा आज र भोलि मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।
  • ‎मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भाेलि पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहनेछ।
  • ‎लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।

काठमाडौं । पश्चिम नेपालका विभिन्न भूभागमा आज र भोलि मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।

‎मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भाेलि पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहनेछ।

महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थाेरै स्थान तथा पहाडी भूभाग एक-दुई स्थानमा मध्यमसम्मकाे वर्षा तथा हिमपातको सम्भावना छ।

‎लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।

‎त्यस्तै, कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा पनि हल्का वर्षा तथा हिमपात हुन सक्नेछ।

वर्षाको सम्भावनालाई ध्यानमा राख्दै कृषि कार्यमा संलग्न तथा सम्बन्धित निकायलाई पछिल्लो मौसम सूचना र पूर्वानुमानबारे नियमित जानकारी लिन महाशाखाले अनुरोध गरिएकाे छ।

नेपालबाट मनसुन बाहिरिए पनि स्थानीय वायुका कारण हल्का वर्षा भने हुनेछ ।