कमल थापालाई पराजित गर्दै राजेन्द्र लिङ्देन राप्रपाको अध्यक्ष निर्वाचित
वि.सं.२०७८ मंसिर १९ आइतवार १३:०६
shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्वका लागि भएको मतदानमा राजेन्द्र लिङ्देन निर्वाचित भएका छन्। आज बिहान सकिएको मतगणनाअनुसार लिङ्देन अध्यक्षमा निर्वाचित भएका हुन्। लिङ्देनले एक हजार आठ सय १७ मत ल्याएका छन्।
उनले प्रतिस्पर्धी कमल थापालाई २ सय मतान्तरले हराएका हुन् । थापाले जम्मा एक हजार छ सय १७ मत ल्याएका थिए। चार सय १३ मत बदर भएको थियो। लिङ्देनले सुरूदेखि नै मतगणनामा अग्रता लिएका थिए।
अध्यक्षका अर्का उम्मेदवार थापाले पराजय स्वीकार गर्ने बताएका छन्।
























