काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

तिहारपछि केन्द्र सरकारसँग प्रहरी समायोजनबारे वार्ता गर्छौ : मुख्यमन्त्री यादव

420
shares

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णा प्रसाद यादवले दशैं तिहारपछि केन्द्र सरकारसँग प्रहरी समायोजन सम्बन्धी वार्ता गर्ने जानकारी गराएका छन् ।

७१औं प्रहरी दिवसको अवसरमा जनकपुरधामस्थित मधेश प्रदेश प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै मुख्मन्त्री यादवले सातवटै प्रदेशका मुख्यमन्त्री एकै पटक तिहारपछि केन्द्र सरकारसँग वार्ता गर्न जाने बताए ।

उनले प्रहरी समायोजसम्बन्धी कार्यलाई अघि बढाउन हालै कोशी प्रदेशमा सम्पन्न अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन कार्यक्रमबाट एजेन्डा नै पारित गरेको बताए । प्रधानमन्त्री बालेन्द्र शाहले जनकपुरधामको तिरहुतीया गाछिमा भाषण दिने क्रममा प्रदेशलाई अधिकार सम्पन्न बनाउने वाचा गरेबमोजिम उनलाई ध्यानाकर्षण गराउन तिहारको विदा लगत्तै सातवटै प्रदेशका मुख्यमन्त्री काठमान्डौं जाने मुख्यमन्त्री यादवले बताए ।

उनले प्रहरी प्रशासनको काम कर्तव्यको प्रशंसा गर्दै थप प्रविधियुक्त बनाउन प्रदेश सरकारले सहयोग गर्ने प्रतिब्द्धता जाहेर गरे ।

कार्यक्रममा मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले मधेश प्रदेशका जिल्लाहरुमा विद्यमान सामाजिक हिंसा, सीमा क्षेत्रमा तस्करी, लागुऔषध ओसारपोसार, हत्या हिंसा, घरेलु अपराध लगायतका समस्या समाधान गर्न प्रहरीलाई अझ गम्भीर हुन आवश्यक रहेको धारणा राखे ।

कुनै पनि नागरिक प्रहरी कार्यालयमा पुग्दा न्याय, सुरक्षा र भरोसाको अनुभूती हुने गरी कार्य गर्न प्रहरी प्रशासनलाई गृहमन्त्री महतोले आग्रह गरे । उनले प्रहरी प्रशासनसंग आवद्ध प्रत्येक कर्मचारीलाई आआफ्नो जिम्मेवारी निश्पक्षता, अनुशासन, ईमानदारीताका साथ गर्दै नागरिकमैत्री हुन आग्रह गरे ।

कार्यक्रममा मधेश प्रदेशका प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीले मधेश प्रदेश सरकारसंगको समन्वय र भौतिक सहयोगका कारण प्रदेशभरीका प्रहरीले पहिला भन्दा बढी जिम्मेवार भएर काम गरीरहेको जानकारी दिए ।

उनले सीमा क्षेत्रबाट गत वर्ष भन्दा यस वर्ष बरामद भएका चोरी पैठारीका सामानबाट असुल उपर गरेको राजस्व बढेको जानकारी गराउँदै यसले प्रहरीको भूमिकाको प्रशंसा गरे ।

उनले गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोले प्रदेशका ८ वटै जिल्लाका प्रहरी कार्यालयहरुका लागि प्रदान गरेको भौतिक स्रोत साधनका निम्ति धन्यवाद व्यत्त गरे । साथै उनले प्रहरी प्रशासनको कामकाजलाई थप शसक्त बनाउनका निम्ति आधुनिक प्रविधिको उपलब्धतालाई बढाउनुपर्ने आवश्यक देखिएको बताए ।

कार्यक्रममा वर्षको उत्कृष्ठ प्रहरीको उपाधि विसभ्रनाथ साहलाई प्रदान गरिएको थियो ।