काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

थापाको आक्रोश : ‘राजाको भलो होस्, निर्मल निवासको नांगाे हस्तक्षेपको भत्सर्ना गर्दछु’

11.97K
shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा प्रतिस्पर्धी राजेन्द्र लिङ्देनसँग पराजित भएपछि निवर्तमान अध्यक्ष कमल थापाले पूर्वराजामाथि आक्रोश पोखेका छन् । थापाले लगातार तीन ट्वीट गर्दै पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासले हस्तक्षेप गरेको आरोप लगाएका छन् ।

उनले आफूलाई ‘राजनीतिक रुपमा समाप्त पार्ने चेष्टा’ गरिएको आरोपसमेत लगाएका छन् । ‘प्रतिकूल परिस्थितिमा समेत हामी माथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरुमा आभारी छु। पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु,’ उनले भनेका छन् ।

उनले ट्वीटमै पूर्वराजा ज्ञानेन्द्र शाहलाई मेन्सन गर्दै राजतन्त्र बोकेर हिँडेको पुरस्कार आज पाइयो पनि भनेका छन् । राजाबाट उन्मुक्ति पाएकाे दाबीसमेत गरेका छन् । ‘मैले राहत र उन्मुक्ति पाएको छु । सिंगाे मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो,’ उनले भनेका छन्, ‘सो एजेण्डाको मूल संवाहकलाई राजनीतिक रुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् ।’