गृहपृष्ठ जीडब्लूएमको ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’ आजबाट

जीडब्लूएमको ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’ आजबाट

जीडब्लूएमको ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’ आजबाट

ग्रेट वाल मोटर्स (जीडब्लूएम) गाडीहरुको नेपालको लागि आधिकारिक विक्रेता भीजी ईम्क्पेक्स प्रालिले आफ्नो दुई एसयूभीहरु 3rd Gen हवाल एच ६ हवाल जोलायनका साथै पीक-अप पावरको ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’ आयोजना गर्दैछ । यो आयोजना आज मंसिर ९ देखि सुरु भई मंसिर १४ गते सकिनेछ ।

यस क्याम्पमा इच्छुक जोसुकै पनि सहभागी हुन सक्नेछन् । सहभागी हुनका लागि इच्छुक महानुभावहरुले थापाथली, काठमाडौंस्थित ग्रेट वाल मोटर्सको शोरुममा गएर बिहान १०ः०० बजेदेखि बेलुका ५ः०० बजेभित्र निःशुल्क टेस्ट ड्राइभ तथा एक्सचेन्जको फाइदा लिन सक्नुहुनेछ र इच्छुक सहभागीहरुले जीडब्लूएमको फेसबुक पेज https://www.facebook.com/GWM.NP मार्फत् बुकिङ गर्न सक्नुहुनेछ ।

टेस्ट ड्राइभका लागि आउने प्रत्येक ग्राहकहरुले आकर्षक उपहार पाउनुका साथै ४३ को एमआइ स्मार्ट टीभी जित्ने मौका पाउनेछन् । यस क्याम्पअन्र्तगत ग्राहकहरुले गाडी एक्सचेन्ज गरी बुकिङ गर्न सकिनेछ र आकर्षक बोनस, नगद छुट, निःशुल्क एसेसोरिज र सहज फाइनासिङको सुविधा पनि उपलब्ध हुनेछ । सबै ग्राहकहरुलाई गाडीहरुको विशेषता र फाइनान्सिङको बारेमा जानकारी गराउन अनुभवी विज्ञहरु उपस्थित रहनेछन् ।

जीडब्लूएमले अक्टोबर २०२१ मा जम्मा ११२, ०६९ गाडी विक्री गरेको छ जसमा अन्तर्राष्ट्रिय बजारमा मात्र १४, ०४७ बिक्री गरेको थियो । २०२१ को जनवरीदेखि अक्टोवरसम्म अन्तर्राष्ट्रिय बजारमा बिक्री भएको ११२, ०२० सहित ९९६, ११४ गाडी विक्री भएको छ जुन ३०.३% को वृद्धि हो ।

चीनमा विगत ११ वर्षदेखि सबैभन्दा धेरै बिक्री हुने नम्बर १ एसयूभी, हवाल ६५ लाखभन्दा धेरै संख्यामा बिक्री भइसकेको हवाल अहिले ७० लाख पुगेको छ । ३५ लाखभन्दा धेरै बिक्री भएको हवाल एच ६, ९५ महिनासम्म चीनमा सबैभन्दा धेरै बिक्री हुने एसयूभी पनि हो । चीनको घरेलु बजारमा नम्बर १ स्थानमा रहेको पीक-अप पावर निर्यातमा पनि लगातार २४ वर्षदेखि सबैभन्दा माथि रहेको छ । घरेलु बजारको ५०% हिस्सा ओगटेको पावरको विश्वव्यापी जम्मा बिक्री १९ लाख एकाइ रहेको छ ।

प्रकाशित समय : ००:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु