गृहपृष्ठ चिकित्सकहरुको अद्यावधिक डाटा चोरी भएको भन्दै उजुरी
चिकित्सकहरुको अद्यावधिक डाटा चोरी भएको भन्दै उजुरी
नेपाल मेडिकल काउन्सिलमा चिकित्सकहरुको अद्यावधिक डाटा चोरी भएको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी) मा उजुरी परेको छ ।
बिहीबार काउन्सिल सदस्य पदका उम्मेदवार डा. कुम्भराज जोशीले विवरण चोरी भएको भन्दै छानबिन गर्न सीआइबीसहित स्वास्थ्य मन्त्रालय र गृह मन्त्रालयमा समेत उजुरी दर्ता गरेका हुन् । डा. जोशीका अनुसार चिकित्सकहरुले सम्पर्क नम्बर माग्नु गैरकानुनी हो ।
नेपाल मेडिकल काउन्सिलले प्रयोग गर्ने गरेको एसएमएस प्रणालीबाट हजारौं व्यक्तिहरुलाई काउन्सिलका (पूर्व) पदाधिकारी संलग्न भइ व्यक्तिगत सूचना चोरी भएकोमा उजुरी दिएको डा. जोशीले बताएका छन् । उनले यसअघि काउन्सिल समक्ष उजुरी दर्ता गराएका थिए । ‘काउन्सिलले दर्ता भएको उजुरीमाथि वास्ता नगरेपछि अन्य विभिन्न निकायमा उजुरी दिनुपरेको हो ।’ डा. जोशीले भने ।
प्रकाशित समय : २३:०१ बजे


















