global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ आइतबार दोहोरो अंकले घट्यो सेयर बजार, दुई कम्पनीको कारोबारमा सर्किट

आइतबार दोहोरो अंकले घट्यो सेयर बजार, दुई कम्पनीको कारोबारमा सर्किट

आइतबार दोहोरो अंकले घट्यो सेयर बजार, दुई कम्पनीको कारोबारमा सर्किट

साताको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर बजार कारोबार मापक नेप्से परिसूचक ११.६० अंकले घटेर दुई हजार ७५७.५३ अंकमा झरेको हो । त्यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.७५ अंकले घटेर ५१८.२५ अंकमा झरेको छ ।

आइतबार २२५ कम्पनीको ७९ लाख ९४ हजार ४६८ कित्ता सेयर चार अर्ब ३५ करोड ७३ लाख नौ हजार ३१९ रुपैयाँमा खरिद बिक्री भएको छ । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएका १३ उपसमूहमध्ये ११ समूहको सेयर ओरालो लागेको छ ।

जलविद्युत र उत्पादनमुलक समूहबाहेक सबैको सेयर ओरालो लागेको नेप्सेले जनाएको छ । नेप्सेका अनुसार बैकिङ ५.१, व्यापार ५८.५४, होटल तथा पर्यटन ५०.८८, विकास बैंक ६.८९, निर्जीवन बिमा ६४.१६, वित्त १९.२३, अन्य ३८.८८, लघुवित्त १७.४३, जीवन बिमा १४०.५, सामुहिक लगानी कोष समूहको सेयर ०.०३ र लगानी समूहको सेयर ०.७४ अंकले घटेको हो ।

आज दुई कम्पनीको कारोबारमा सर्किट लागेको छ । नारायणी डेभलपमेन्ट बैंक र मानुषी वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । सो कम्पनीको ४.२१ प्रतिशतले सेयर मूल्य घटेको हो । आज सबैभन्दा बढी महालक्ष्मी विकास बैंकको सेयर किनबेच भएको छ । सो बैंकको सेयर ५० करोड ९९ लाख ९२ हजार ३३२ रुपैयाँको किनबेच भएको छ ।

प्रकाशित समय : २१:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु