global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ एमाले अध्यक्षमा भीम रावलको उम्मेदवारी घोषणा

एमाले अध्यक्षमा भीम रावलको उम्मेदवारी घोषणा

एमाले अध्यक्षमा भीम रावलको उम्मेदवारी घोषणा

एमाले उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने भएका छन् । रावलले आइतबार राजधानीमा विशेष पत्रकार सम्मेलन गरेर अध्यक्षमा उम्मेदवारी घोषणा गर्न लागेको बताएका छन् ।

रावलले टिम बनाएरै चुनाव लड्नेगरी तयारी भइरहेकाे उनीनिकट एक नेताले बताए । चितवनमा आगामी मंसिर १०-१२ सम्म हुने महाधिवेशनमा वर्तमान उपाध्यक्ष रावलले उम्मेदवारी दिने भएसँगै केपी ओलीको सर्वसम्मत अध्यक्ष बन्ने योजनामा धक्का लाग्ने देखिएको छ ।

एमाले संस्थापनले महाधिवेशनबाट अध्यक्षसहितको पदाधिकारी सर्वसम्मतरुपमा छान्ने कसरत गर्दै आएको छ । तर, ओलीको क्रियाकलापप्रति असन्तुष्ट रावल लगायतले पार्टी रुपान्तरण हुनुपर्नेमा जोड दिँदै आएका छन् ।

प्रकाशित समय : २०:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु