global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ सशस्त्र द्वन्द्वकाे समयमा भएका कमीकमजोरीको छानविन गर्न तयार छाैं : प्रचण्ड (विज्ञप्ति)

सशस्त्र द्वन्द्वकाे समयमा भएका कमीकमजोरीको छानविन गर्न तयार छाैं : प्रचण्ड (विज्ञप्ति)

सशस्त्र द्वन्द्वकाे समयमा भएका कमीकमजोरीको छानविन गर्न तयार छाैं : प्रचण्ड (विज्ञप्ति)

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युद्धको बेलामा भएको कमिकमजोरीको छानविन गरी सत्य तथ्य साार्वजनिक गर्न आफू तयार रहेको बताएका छन् । शान्ति साम्झौता गरेको १५ वर्ष पुगेको अवसरमा प्रेस वक्तव्य जारी गर्दै प्रचण्डले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

'आजसम्मका राजनैतिक उपलव्धीहरुप्रति गर्व गर्दै सो क्रममा भएका कमिकमजोरीहरुको छानविन गरी सत्य तथ्य सार्वजनिक गर्न हामी प्रतिवद्ध छौं । यो मामला सरकारको मात्र मामला नभै राज्यको मामला हो यसर्थ यस विषयमा आजका दिनसम्म सत्ता पक्ष र प्रतिपक्ष एकमत छौं र बाँकी काम सम्पन्न गर्न पनि प्रतिवद्ध र एकतावद्ध हुने कुरामा कुनै द्विविधा छैन भन्ने हामी सम्वद्ध सबै पक्षलाई विश्वास दिलाउन चाहन्छौं,' प्रचण्डले भनेका छन् ।

उनले युद्धलाई शान्तिमा रुपान्तरण गरेपछि अहिलेसम्म पहिलो चरणको काम सम्पन्न भएको बताएका छन् । उनले अब दोस्रो प्रक्रियाको काम सामाजिक मेलमिलापको काम बाँकी रहेको र त्यसलाई पनि पुरा गर्न आफूहरु सधैँ तयार रहेको उनले बताएका छन् ।

विज्ञप्ति :

प्रकाशित समय : २०:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु