गृहपृष्ठ नेपालीको जलन र निधनको घटनाबारे छानबिन गर्न नेता आङ्देम्बेको माग
नेपालीको जलन र निधनको घटनाबारे छानबिन गर्न नेता आङ्देम्बेको माग
काठमाडौँ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जलनबाट घाइते मुगुका युवा गणेश नेपालीको निधन भएको घटनाबारे छानबिन गर्न माग गरेका छन ।
दिवङ्गत नेपालीलाई श्रद्धाञ्जली दिन आज चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल) पुग्नुभएका नेता आङ्देम्बेले काम गरेर खाने एक युवालाई उचित वातावरणको अभाव हुँदा यस्तो घटना हुन पुगेको जिकिर गर्नुभयो । उनले यसबारे सरकार गम्भीर भइ
विगतदेखि नै भएका यस्ता घटनाको छानबिन गर्नुपर्नेमा जोड दिए ।
प्रकाशित समय : १५:५९ बजे



















