global ime bank Long Banner Ad

गृहपृष्ठ एसिया प्यासिफिक जेरियाट्रिक्स नेटवर्कको अध्यक्षमा डा.क्षेत्री नियुक्त

एसिया प्यासिफिक जेरियाट्रिक्स नेटवर्कको अध्यक्षमा डा.क्षेत्री नियुक्त

एसिया प्यासिफिक जेरियाट्रिक्स नेटवर्कको अध्यक्षमा डा.क्षेत्री नियुक्त

काठमाडौं । एसिया प्यासिफिक जेरियाट्रिक्स नेटवर्क (एपीजीएन) को नयाँ अध्यक्षमा नेपालका वरिष्ठ जेरियाट्रिसियन डा.जगदीशकुमार क्षेत्री नियुक्त भएका छन् ।

एपीजीएनले क्षेत्रीय संस्थाको नेतृत्व परिवर्तन गर्दै डा.क्षेत्रीसँगै भारतका डा. आशिष गोयललाई नेतृत्वमा चयन गरेको हो ।

नियुक्तिको घोषणा नेदरल्यान्ड्सको एम्स्टर्डममा हालै सम्पन्न इन्टरनेसनल एसोसिएसन अफ जेरोन्टोलोजी एन्ड जेरियाट्रिक्स (आईएजीजी) को विश्व सम्मेलनका क्रममा गरिएको हो ।

डा.क्षेत्रीले लामो समयदेखि एपीजीएनको नेतृत्व गर्दै आएका अस्ट्रेलियाका प्राध्यापक लियोन फ्लिकरलाई प्रतिस्थापन गरेका हुन् । प्राध्यापक फ्लिकरले २१ वर्षसम्म उक्त पद सम्हालेका थिए ।

डा.क्षेत्री हाल काठमाडौंस्थित मनमोहन मेडिकल कलेज तथा शिक्षण अस्पतालअन्तर्गत नेपाल जेरियाट्रिक्स सेन्टरका निर्देशकका रूपमा कार्यरत छन् । उनले जेरियाट्रिक्स अर्थात् वृद्धावस्थासम्बन्धी चिकित्सा क्षेत्रमा लामो समयदेखि अनुसन्धान तथा चिकित्सकीय सेवा दिँदै आएका छन् ।

उनले अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयबाट पोस्टडक्टोरल तालिमसमेत पूरा गरेका छन् । एशिया र युरोपका विभिन्न शैक्षिक तथा चिकित्सकीय संस्थासँग आबद्ध डा. क्षेत्रीसँग वृद्धावस्था स्वास्थ्य र अनुसन्धान क्षेत्रमा व्यापक अनुभव रहेको छ ।

उनको नेतृत्वमा एपीजीएनले दक्षिण एसियाली क्षेत्रमा बढ्दो वृद्ध जनसंख्याका स्वास्थ्य आवश्यकता र जेरियाट्रिक सेवाको विस्तारलाई प्राथमिकता दिने अपेक्षा गरिएको छ ।

एपीजीएनले क्षेत्रभर वृद्धवृद्धाको स्वस्थ जीवन प्रवद्र्धन, जेरियाट्रिक चिकित्सा सेवाको विकास र विभिन्न देशबीच सहकार्य विस्तार गर्ने उद्देश्य राख्दै आएको छ ।

नेपालमा सन् २०२५ मा सम्पन्न एपीजीएन सम्मेलनले पनि क्षेत्रीय स्तरमा जेरियाट्रिक स्वास्थ्य सेवाको विकास र सहकार्यलाई थप बल दिएको थियो ।

डा. क्षेत्रीको नेतृत्वले उक्त अभियानलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

प्रकाशित समय : १५:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु