global ime bank Long Banner Ad

गृहपृष्ठ नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जलनबाट घाइते भई निधन भएका मुगुका युवा गणेश नेपालीको घटना विडम्बनापूर्ण भएको टिप्पणी गरेको छ ।

एमालेका महासचिव शङ्कर पोखरेलले आज जारी गरेका विज्ञप्तिमा आधारभूत वर्गका जनतालाई संरक्षण दिनुपर्ने राज्य आफैँ निमुखा नागरिकको गाँस र बास खोस्न उद्यत हुनु अत्यन्तै विडम्बनापूर्ण र निन्दनीय विषय भएको जनाइएको छ ।

वक्तव्यमा मृतक नेपालीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरिएको गर्दै दुःखद् घटनाको निष्पक्ष छानबिन गरी दोषीहरूलाई कडा कानुनी कारबाही गर्न र पीडितपरिवारलाई उचित क्षतिपूर्ति दिन सरकारसँग माग गरिएको छ ।

 

प्रकाशित समय : १६:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु