गृहपृष्ठ चीन र दक्षिण एसियाका विज्ञ ज्ञान उत्पादनबारे छलफल गर्दै
चीन र दक्षिण एसियाका विज्ञ ज्ञान उत्पादनबारे छलफल गर्दै
In this image made from video, boats are seen after fishermen secured them at Shen'ao Fishing Port, ahead of Typhoon Bavi along the coast of New Taipei City, Taiwan on Thursday, July 9, 2026. (AP Photo/Taijing Wu)
कीर्तिपुर। चीन र दक्षिण एसियाका क्षेत्रमा उत्पादन भएका ज्ञानबारे आज अन्तरराष्ट्रिय सम्बन्धका विज्ञबीच ज्ञान उत्पादनका सम्बन्धमा छलफल भएको छ ।
त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय सम्बन्ध (आइआर) तथा कूटनीतिक विभागमा आज भएको विचार विमर्शमा विज्ञले विकासको दीर्घकालीन आधार ज्ञान र खोज रहेको निष्कर्ष निकालेका थिए ।
काठमाडौँ इन्सच्युट अफ रिर्सच एन्ड कन्सल्टेन्सी -केआइआरसि को आयोजनामा त्रिभुवन विश्वविद्यालय सेन्टरल डिपार्टमेन्ट अफ इन्टरनेश्नल रिलेसन एन्ड डिप्लोमेसी (सिडिआइआरडि) को सहकार्यमा ‘रिजनल डाइलग अन नलेज प्रडक्सन अन साउथ एसिया इन चाइना’ शीर्षकमा छलफल भएको थियो ।
दिल्ली विश्वविद्यालयका ‘इस्ट एसिया स्टडीज’ विभागका प्राध्यापक डा राजीव रञ्जन र चीनस्थित सिच्वान युनिभर्सिटीका पिएचडी स्कलर प्रसान्तकुमार विकबीच दक्षिण एसिया र चीनको भू–राजनीतिबारे विचार विमर्श भएको थियो ।
प्राध्यापक रञ्जनले ज्ञानको विविधताले समाज, देश र अन्तरराष्ट्रिय सम्बन्ध विस्तारमा रचनात्मक भूमिका खेल्ने बताए ।
उनले प्राचीनकालदेखि चीनमा ज्ञान उत्पादनको अभ्यास रहेको उदाहरण दिँदै ज्ञान विमर्शकै कारण देशको नीतिगत सुधार कुशल देखिएको धारणा राखे । त्रिभुवन विश्वविद्यालय केन्द्रीय विभाग अन्तरराष्ट्रिय सम्बन्ध तथा कूटनीतिका प्रा डा खड्ग केसीले भारत र चीनले ज्ञान उत्पादन गर्न रणनीतिक रुपमा लगानी गर्दै आएको बताए ।
सेन्टरल डिर्पाटमेन्ट अफ इन्टरनेश्नल रिलेशन एण्ड डिप्लोमेसी विभागका प्रमुख अपेक्षा शाहले युवा पुस्ताबीच विचार विमर्श संस्कृतिको विकास गर्न विभागले नियमित छलफल गर्दै आएको जानकारी दिए।
काठमाडौँ इन्सच्युट अफ रिर्सच एण्ड कन्सल्टेन्सी (केआइआरसि) का सह–संस्थापक चन्दन तामाङले वौद्धिक संस्कृतिको विकास अहिलेको आवश्यकता रहेको बताए ।
केआइआरसी अप्रेशन डाइरेक्टर याईशाष याशिर खम्बुले अन्तरराष्ट्रिय सम्बन्धको विषय अध्ययन गर्ने विद्यार्थीले बौद्धिक संवादमार्फत निश्चित विषयमा अभिमत निर्माण गराउने उद्देश्यले छलफलमा कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
आईआर विषय अध्यापक सुमिशर्माले धेरैभन्दा धेरै वैचारिक अन्तरक्रियाले ज्ञानको दायरा फराकिलो बनाउन र विषयवस्तु बुझन् सहज हुने धारणा राखे।
प्रकाशित समय : १७:१० बजे



















