गृहपृष्ठ बादशाह कुर्मीलाई पक्राउ गर्न माग गर्दै प्रशासनमा धर्ना
बादशाह कुर्मीलाई पक्राउ गर्न माग गर्दै प्रशासनमा धर्ना
बाँकेको निर्मला कुर्मी प्रकरणमा पूर्वसभासद् बादशाह कुर्मीलाई पक्राउ गर्न माग गर्दै अधिकारकर्मीहरुले प्रशासनमा धर्ना दिएका छन् । मुख्य आरोपी कुर्मीलाई प्रशासनले संरक्षण गरेको भन्दै अधिकारकर्मीहरुले जिल्ला प्रशासन कार्यालय, बाँकेमा धर्ना दिएका हुन् ।
प्रशासनले मुख्य आरोपी कुर्मीलाई जोगाएकाले न्याय माग्दै धर्नामा बस्नुपरेको मानवअधिकारकर्मी खानले बताइन् । धर्ना बसेका महिलाहरुले प्रधानमन्त्री र गृहमन्त्रीको फोटो बोकेको प्लेकार्ड बोकेर न्यायका लागि कलम चलाइदिन आग्रह गरेका छन् ।
साथै, उनीहरुले सरकारले गठन गरेको छानबिन समितिको निष्कर्षअनुसार कारबाही प्रक्रिया अघि नबढेको भन्दै प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरेका छन् । खाल भन्छिन्, ‘निर्मला कुर्मी घटनाको छिटोभन्दा छिटो सुरुदेखि अनुसन्धान गरी सत्य, तथ्य सार्वजनिक गरियोस् ।’
प्रकाशित समय : २१:३५ बजे


















