global ime bank Long Banner Ad

गृहपृष्ठ ७४ लाख ७० हजार रुपैयाँ बराबरको ठगी भएको दावी, निष्पक्ष छानबिनको माग

७४ लाख ७० हजार रुपैयाँ बराबरको ठगी भएको दावी, निष्पक्ष छानबिनको माग

७४ लाख ७० हजार रुपैयाँ बराबरको ठगी भएको दावी, निष्पक्ष छानबिनको माग

काठमाडौं । उदयपुरको चौदण्डीगढी नगरपालिका निवासी सरिता कार्कीले आफू ७४ लाख ७० हजार रुपैयाँ बराबरको ठगी तथा अन्यायको शिकार भएको दाबी गर्दै सम्बन्धित निकायसँग निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेकी छन् ।

कार्कीले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी पाँच वर्षअघि काठमाडौंको तार्केश्वर नगरपालिका–स्थित काभ्रेस्थली, जितपुर फेदीमा रहेको ४ आना जग्गा खरिदका लागि उमामाया तामाङको नाममा सञ्चालित रियल स्टेट कम्पनीमार्फत ५४ लाख रुपैयाँ बैना बुझाएकी थिइन् । तर जग्गा नामसारी नभई उमामाया तामाङ फरार भएको उनले बताइन् ।

उनका अनुसार, उक्त विषयमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो । अदालतले २०८० वैशाख २८ गते उमामाया तामाङ र उनकी आमा च्याउँकीमाया तामाङको नाममा रहेको घरजग्गा रोक्का गबर्ने आदेश दिएको उनले जानइन् । उनले उमामाया तामाङविरुद्ध पक्राउ पुर्जीसमेत जारी भएको पीडित कार्कीले बताइन् ।

कार्कीले अदालतको आदेश हुँदाहुँदै पनि पूर्वमुख्यमन्त्री बहादुर सिंह लामा तामाङ, च्याउँकीमाया तामाङ तथा ज्योति विकास बैंकको मिलेमतोमा लिलाम प्रक्रिया अघि बढाइएको आरोप लगाएकी छन् ।

उनका अनुसार, लिलाम प्रक्रियाबारे थाहा पाएपछि आफूहरू ज्योति विकास बैंकको नेपालटार शाखामा पुगेर सो बारे ध्यानाकर्षण गराएको उनको कथन छ । ‘सम्पत्ति लिलाम हुनेभए हामी दोस्रो रोक्कावाल पक्ष भएकाले बैंकसँग घरजग्गा सकार्ने पाउनु पर्छ भन्ने इच्छा व्यक्त गरेका थियौं’ कार्कीले भनिन् ।

तर शाखा व्यवस्थापकले ‘जग्गा धनीले पैसा तिर्छु, लिलाम नगरिदिनु भएको छ, त्यसैले तत्काल लिलाम नहुने भयो, लिलाम गर्ने अवस्थामा तपाईहरुलाई जानकारी गराउँछौं’ भनेर झुक्यायो,’ कार्कीले भनिन् ।

झुट्टा आश्वासनमा दिएर बैंकले तीन महिनापछि कुनै सूचना नदिई लिलाम प्रक्रिया सम्पन्न गरी बहादुर सिंह लामाको नाममा सम्पत्ति सकार गराइएको उनको दाबी छ ।

कार्कीले उक्त घटनाको निष्पक्ष छानबिन गरी संलग्नमाथि कानुनबमोजिम कारवाही गर्न सम्बन्धित निकायसँग माग गरेकी छन् ।

सो विषयमा दुर्गा प्रसाईको वार्ता समिति सदस्य कुमार बस्नेतले कानुनी प्रक्रिया पुर्याएर पीडित अगाडि बढ्दा पनि कसैले पनि न्याय नदिनु कानुनी राजको खिल्लि उडेको बताए ।

जेनजी लक्ष्मी देवीले जनताले ठूलो आश गरेको वर्तमान सरकारले समेत पीडितको पक्षमा काम नगरेको आरोप लगाइन् ।

हालै मात्र पीडितले दुर्गा प्रसाईंको पत्रकार सम्मेलनमा पीडा व्यक्त गरेका थिए ।

प्रकाशित समय : १६:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु