global ime bank Long Banner Ad

गृहपृष्ठ नागढुङ्गा सुरुङमार्गमा ‘टनेल रन एण्ड वाक’, साउनभित्र सञ्चालनमा ल्याउने तयारी

नागढुङ्गा सुरुङमार्गमा ‘टनेल रन एण्ड वाक’, साउनभित्र सञ्चालनमा ल्याउने तयारी

नागढुङ्गा सुरुङमार्गमा ‘टनेल रन एण्ड वाक’, साउनभित्र सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ । सडक विभाग र जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) नेपालको आयोजनामा शुक्रबार नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ कार्यक्रम गरिएको छ। सुरुङमार्गबारे सर्वसाधारणमा जनचेतना अभिवृद्धि गर्दै यसको प्रवर्द्धन गर्ने उद्देश्यले दौड तथा पदयात्रा आयोजना गरिएको हो।

नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजना कार्यालयका निर्देशक सौजन्य नेपालले सुरुङमार्गको महत्वबारे जानकारी गराउने र जनचेतना बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।

नागढुङ्गा–नौबिसे सुरुङमार्गको मुख्य सुरुङ दुई हजार ६८८ मिटर लामो छ। सुरुआती ठेक्का सम्झौताअनुसार आयोजना सन् २०२३ अप्रिल २६ भित्र सम्पन्न हुनुपर्ने भए पनि ठेकेदार कम्पनीको ढिलासुस्ती र स्थानीयवासीको अवरोधका कारण निर्माण कार्यमा ढिलाइ भएको थियो।

निर्देशक नेपालले सुरुङमार्ग साउनभित्रै सञ्चालनमा ल्याउने तयारी रहेको जानकारी दिए।

आयोजनाका अनुसार नागढुङ्गा–नौबिसे नाका हुँदै काठमाडौँ प्रवेश गर्ने तथा बाहिरिने मार्गमा दैनिक दुई पाङ्ग्रे सवारीसाधनबाहेक औसत आठ हजारभन्दा बढी साना तथा ठूला सवारीसाधन आवतजावत गर्छन्। तीमध्ये करिब ६० प्रतिशत सवारीसाधनले सुरुङमार्ग प्रयोग गर्ने अनुमान गरिएको छ। आयोजनाले सुरुङमार्गमा दुई पाङ्ग्रे सवारीसाधन सञ्चालन गर्न नपाइने जनाएको छ।

प्रकाशित समय : १६:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु